महिलाको नेतृत्वमा सामुदायिक भवन निर्माण

विदुर खबर २०७५ असार ३१ गते १:४३

म्याग्दी, म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँको भिरकुना र ६ पाखापानीको फुलडाँडामा महिलाहरुले शनिबार सामुदायिक भवन निर्माण गरेका छन् ।

Advertisement

गाउँपालिकाको आर्थिक सहयोगमा फुलडाँडामा फुलडाँडा आमा समूहले दुईकोठे भवन निर्माण गरेको हो । गाउँपालिकाबाट प्राप्त रू पाँच लाख ४० हजार र स्थानीयवासीबाट संकलित रू ५६ हजार ८६७को लगानीमा सो भवन निर्माण गरिएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । सो भवनमा बालकक्षा सञ्चालन गरिने स्थानीयवासीले बताएका छन् ।

यसैगरी रघुगंगा गाउँपालिका–५ झिँको भिरकुनामा पनि आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् । गाउँपालिकाबाट प्राप्त रू आठ लाखको अनुदानमा आमा समूहले शौचालय सहितको दुईकोठे भवन निर्माण गरेको समूहकी सदस्य ऋति थजालीले बताउनुभयो । सामुदायिक भवन निर्माण भएपछि भेला, बैठक तथा तालीम सञ्चालन गर्न सहज भएको छ ।

Advertisement

प्रतिक्रिया