धादिङमा थपिए ७ जना कोरोना संक्रमित
विदुर खबर
२०७७ जेठ २९ गते १७:३४

धादिङ। धादिङमा ७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा बसेका ७ जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हाे । उनीहरू सबैजना १२ दिनअघि भारतबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए । वडा नं १ सल्यानटारको क्वारेन्टिनमा रहेका एक जना र वडा नं ६ कालिन्चोकको क्वारेन्टिनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरूको जेठ २१ र २४ गते स्वाब संकलन गरेर पठाइएको थियो । संक्रमित व्यक्तिलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिने जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया