​रसुवाको नौकुण्डमा पहिरोले एक घर पुरियो

विदुर खबर २०७५ असार ३१ गते १:२३

रसुवा, रसुवाको नौकुण्ड गाउँपालिका–४ भञ्ज्याङडाँडामा पहिरो जाँदा एक घर पुरिएको छ । शुक्रबार राति वर्षाका कारण आएको पहिरोले बिरबहादुर बिकको घर पुरिएको हो ।

Advertisement

खाना खाइरहेको समयमा पहिरो आएको र भागेर ज्यान जोगाएको बिकले बताए । ‘हामी खाना खाँदै थियौं, बिकले भने, घरमाथिबाट गड्याङगुडुङको आवाज आएपछि हामी भाग्यौं ।’ गाउँपालिकाको आरुखर्क घर भएका उनी त्यहाँ आरन चलाएर बस्दै आएका थिए ।

पहिरोले घर पुरिएपछि उनकोे परिवार रातभर बारीमा बसेको थियो । जिल्लाको नौकुण्ड गाउँपालिका–२ युब्राका एक सय १० घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय विपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार शुक्रबार राति युब्रामा गाउँको बीचबाट पहिरो गएको छ ।

Advertisement

पहिरोले मानवीय क्षति नगरेपनि करिब एक सय रोपनी खेतीयोग्य जमिनमा क्षति गरेको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन् । उनले समितिको बैठक बसेर जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि कार्य अघि बढाइने बताइन् ।

प्रहरी प्रशासनको सहयोगमा क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको समितिले जनाएको छ । उपाध्यक्ष लामाले सामाजिक सञ्जालमार्फत बाढी र पहिरोको जोखिममा रहेको बस्तीका नागरिकलाई सतर्क रहन आग्रह गरेकी छिन् ।

Advertisement

प्रतिक्रिया