रसुवाको नौकुण्डमा पहिरोले एक घर पुरियो
रसुवा, रसुवाको नौकुण्ड गाउँपालिका–४ भञ्ज्याङडाँडामा पहिरो जाँदा एक घर पुरिएको छ । शुक्रबार राति वर्षाका कारण आएको पहिरोले बिरबहादुर बिकको घर पुरिएको हो ।
खाना खाइरहेको समयमा पहिरो आएको र भागेर ज्यान जोगाएको बिकले बताए । ‘हामी खाना खाँदै थियौं, बिकले भने, घरमाथिबाट गड्याङगुडुङको आवाज आएपछि हामी भाग्यौं ।’ गाउँपालिकाको आरुखर्क घर भएका उनी त्यहाँ आरन चलाएर बस्दै आएका थिए ।
पहिरोले घर पुरिएपछि उनकोे परिवार रातभर बारीमा बसेको थियो । जिल्लाको नौकुण्ड गाउँपालिका–२ युब्राका एक सय १० घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय विपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार शुक्रबार राति युब्रामा गाउँको बीचबाट पहिरो गएको छ ।
पहिरोले मानवीय क्षति नगरेपनि करिब एक सय रोपनी खेतीयोग्य जमिनमा क्षति गरेको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन् । उनले समितिको बैठक बसेर जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि कार्य अघि बढाइने बताइन् ।
प्रहरी प्रशासनको सहयोगमा क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको समितिले जनाएको छ । उपाध्यक्ष लामाले सामाजिक सञ्जालमार्फत बाढी र पहिरोको जोखिममा रहेको बस्तीका नागरिकलाई सतर्क रहन आग्रह गरेकी छिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया