आजबाट मौसममा सुधार
नुवाकोट । केही दिनदेखि बिग्रिरहेको मुलुकभरको मौसममा आइतबारदेखि सुधार हुँदै जाने मौसमविद्को भनाइ छ ।
अरब सागरमा विकसित भएको निसर्ग नामक शक्तिशाली चक्रवात जमिनमा प्रवेश गरेर कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले गर्दा मुलुकभरको मौसम बदली भइरहेको छ ।निसर्ग चक्रवातको कमजोर प्रभावले न्यून चापीय प्रणाली लगभग नेपालबाट हटिसकेकाले आज आइतबारदेखि मौसममा सुधार हुँदै जाने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
‘केही दिनदेखि अरब सागरमा डिप डिप्रेसन थियो । त्यससँगै निसर्ग चक्रवात विकसित भयो । जसको प्रभाव हाम्रो मुलुकमा परिरहेको छ । तर, शनिबारदेखि पूर्णरूपमा यसको प्रणाली नेपालबाट हटिसकेकाले आइतबारदेखि मौसम खुल्दै जानेछ ।’ –उहाँले भन्नुभयो ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरमा बनेको चक्रवातका कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएको थियो ।
आइतबारदेखि स्थानीय वायुको कारण केही ठाउँमा छिटपुट पानी परे पनि देशैभर एकैसाथ पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आइतबार देशका धेरै स्थानमा सामान्य बदली रही प्रदेश नं १, बाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै सोमबार देशका धेरैजसो स्थानमा सामान्य बदली रही प्रदेश नं १, बाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश–२ का एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले भनेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया