लकडाउनको खुकुलो पार्ने विषयमा मन्त्रिपरिषदमा छलफल

विदुर खबर २०७७ जेठ २२ गते २०:३१
फाईल फोटो ।

                                                                                          फाईल फोटो ।

नुवाकोट । सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।

Advertisement

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेश गर्न उच्च स्तरीय समितिलँई जिम्मा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।

सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन थप गर्दै ७० दिन भन्दा बढी पुर्‍याइसकेको छ ।

Advertisement

प्रतिक्रिया