बैंकका कर्मचारी परिचयपत्रले हिड्न नपाउने, पास नै चाहिने
नुवाकोट । बैंकका कर्मचारीहरुले परिचयपत्र देखाएर हिड्न नपाउने भएका छन् ।
राष्ट्र बैंकको अनुरोधमा हिजोसम्म बैंकको परिचयपत्र देखाएर हिडिरहेका कर्मचारीहरुलाई आजबाट भने ट्राफिक प्रहरीले रोक्न थालेको छ । परिचयपत्र कै आधारमा कर्मचारीलाई लकडाउनमा हिड्न दिँदा कर्मचारीले त्यसको दुरुपयोग गर्दै अनावश्यक व्यक्तिहरु सडकमा जाम गर्न थालेपछि ट्राफिक प्रहरीले रोक्न थालेको जनाएको छ । लकडाउन लम्बिएसँगै बैंकमा ग्राहकहरुको भीड बढेपछि राष्ट्र बैंकले उपलब्ध गराएको पासले कर्मचारीलाई अपुग भएपछि राष्ट्र बैंकले महानगरीय ट्राफिक प्हरी महाशाखालाई अनुरोध गरेको थियो । हिजोसम्म बैंकको अनुरोधमा परिचयपत्रको आधारमा हिडिरहेका कर्मचारीलाई आजदेखि प्रहरीले बाटोमा नै रोकेको हो ।
महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले समेत अत्यावश्यक सेवा अन्तर्गतका कर्मचारीहरुलाई आवश्यक परेमा परिचयपत्र देखाएर छोडेको बताएका थिए । तर अब भने ट्राफिक प्रहरीले परिचयपत्रको आधारमा कर्मचारीलाई नछोड्ने राष्ट्रले जारी गरेको पास नै चाहिने जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया