नुवाकोटमा शिखर ईन्स्योरेन्सले ग¥र्याे २ सय ६० जनाको कोरोना बीमा

विदुर खबर २०७७ जेठ १८ गते २१:५३

नुवाकोट। नुवाकोटमा  रहेको शिखर ईन्स्योरेन्स कम्पनी लिमिडेटले जिल्लामा  २ सय ६० जनाको कोरोना बीमा गरेको छ ।

Advertisement

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाटआम सर्वसाधारणमा हुने जोखिमको आर्थिक सुरक्षणको लागि नुवाकोटमा गत बैशाख १० गतेबाट कोरोना बीमा सुरु गरेको शाखा प्रमुख सुरेन्द्र राईले बताए । व्यक्तिगत,पारिवारिक र संस्थागत रुपमा बिमा गर्दै आएको उनले बताए ।

पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको व्यक्तिका परिवारलाई आर्थिक भार कम होस् भन्ने उद्देश्यका साथ कम्पनीले राहात प्याकेज स्वरुप रु एक लाख दिने व्यवस्था रहेको छ । राईका अनुसार, व्यक्तिगत रुपमा रु ५० हजारको बिमा गर्दा रु ५ सय, रु १ लाखको गर्दा रु एक हजार र पारिवारिक रुपमा रु ५० हजारको गर्दा तीन सय , रु १ लाखको गर्दा रु ६ सय बीमा शुल्क लाग्ने छ ।

Advertisement

प्रतिक्रिया