असार १ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गर्न शिक्षा मन्त्रालयको आग्रह

विदुर खबर २०७७ जेठ १८ गते १९:२६

नुवाकोट । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले लामो समयदेखि जारी लकडाउनका कारण प्रभावित भएको शैक्षिक क्षतिलाई न्युनिकरण गर्न भन्दै असार १ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गर्न आव्हान गरेको छ ।

Advertisement

मन्त्रालयले निर्धारण गरेको “बैकल्पिक प्रणलीबाट बिद्यार्थीको सिकाई सहजीकरण गर्ने सम्बन्धी बनेको निर्देशिका २०७७”अनुसार शैक्षिक क्रियाकलाप सुरु गर्न आग्रह गरेको हो ।

आईतबार एक बिज्ञप्ति जारी गर्दै मन्त्रालयले संघ,प्रदेश,स्थानीय तह तथा सबै सरोकारवाला  निकायसंग सो आव्हान गरको हो । साथै कोरोना महामारीको स्थिती र अवस्था हेरी बिद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्ने तथा स्थगन भएका परीक्षाहरु संचालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गरी मन्त्रालय गम्भीर गृहकार्यमा लागिरहेको पनि बिज्ञप्तिमा जनाईएको छ ।

Advertisement

Advertisement

प्रतिक्रिया