विबिध कार्यक्रम गरी विश्व दूध दिवस मनाइदै

विदुर खबर २०७७ जेठ १८ गते ११:१०

नुवाकोट । जुन १, अर्थात आगामी सोमबार विश्व दूध दिवस विश्वभर मनाउईने भएको छ ।

Advertisement

नियमित दुध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं भन्ने नाराका साथ विश्व दूध दिवस जुन १, २०२० तद अनुसार २०७७ जेठ १९ गतेका राष्ट्रिय दुग्ध विकास वोर्डको संयोजकत्वमा सरोकारवालाहरुको उपस्थितिमा राष्ट्रिय दुग्ध विकास वोर्ड, ललितपुरमा मनाइने नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिनुभएको छ।

एसोसियसनका केन्द्रीय महा–सचिव प्रल्हाद दाहालले प्रेस विज्ञप्ती मार्फत नेपालमा विगत ९ वर्षदेखि राष्ट्रिय दुग्ध विकास वोर्डको संयोजकत्वमा विश्व दुध दिवस मनाउँदै आएको र यस वर्ष पनि जुन १ मा १०औं पटक राष्ट्रिय दुग्ध विकास वोर्डको संयोजकत्वमा सरोकारवालाहरुको उपस्थितिमा मनाईने जानकारी गराउदै कोरोना भाईरस (कोभिड–१९) का कारण यस वर्षको विश्व दुध दिवस त्यति भव्य रुपमा नभएता पनि नेपाल डेरी एसोसिएसनले २०७७÷०२÷१७ गते बैठक राखि आफ्नो मातहतमा रहेका ७ वटै प्रदेश र जिल्ला समितिहरुलाई सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई सामाजिक दुरी कायम गरि मनाउन निर्देशन दिने निर्णय गरेको हो । जस अनुरुप प्रदेश र जिल्लाका हस्पिटल, बालगृह, वृद्धा आश्रम, क्वारेन्टाईन, सुरक्षाकर्मी तथा स्वस्थ्यकर्मी बस्ने स्थान लगायतका ठाउँमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने ।

Advertisement

सबै सरोकारवालाहरुले आ–आफ्नो ठाउँबाट विभिन्न माध्यमको सहयोग लिई हालको कोरोना भाईरसको महामारीका अवस्थामा दुध महत्व बारे प्रचारप्रसारका साथ जानकारी गराई मनाउने । आफ्नो क्षेत्रमा दुध तथा दुग्ध पदार्थ वितरण गरि अथवा अन्य तरिकाले विश्व दुध दिवस मनाउने । दुग्ध पदार्थ सेवन गरौं भन्ने खालका सकारात्मक सन्देश दिने नाराका साथ कार्यक्रम गरि मनाउने । त्यसै गरी केन्द्रिय समितिले काठमाडौं २०७७÷०२÷१७ गते बैठक पछि प्रेस विज्ञप्ती निकाल्ने । २०७७÷०२÷१८ गते प्रचारप्रसार (व्यानर, सुचना, अन्तर्वाता आदि) गर्ने । २०७७÷०२÷१९ गते राष्ट्रिय दुग्ध विकास वोर्डले गर्ने कार्यक्रममा सहभागिता जनाउने । र २०७७÷०२÷१९ गते मण्डिखाटार स्थित दिव्य सेवा निकेतन आश्रम मण्डिखाटारमा रहेका जेष्ठ नागरिकहरुलाई दुध तथा दुग्ध पदार्थ हस्तान्तरण गर्ने र १ हप्तासम्म दुध तथा दुग्ध पदार्थ नियमित प्रदान गर्ने निर्माण भएको नेपाल डेरी एसोसिएसनका प्रदेश ३सदस्य ध्रुब तिवारीले जानकारी दिनुभयो।

प्रतिक्रिया