गर्भवती महिलामा कोरोना संक्रमण
हेटौंडा । हेटौंडा–१, चौकीटोलकी कोरोना संक्रमित करिब २५ वर्षीया महिलालाई चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पताल पठाइएको छ । कोरोना संक्रमित महिलामा ५ महिनाको गर्भ रहेको बताइएको छ ।
महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भरतपुरस्थित कोरोना विशेष अस्पताल पठाइएको हो । संक्रमित महिलाको घर सिल गरिएको छ । उक्त नतिजापछि हेटौंडामा सुरक्षा चेकजाँच थप कडा पारिएको छ ।कोरोना संक्रमित महिला चितवनबाट हेटौंडा आएको खुलेको छ । स्थानीय एक जनप्रतिनिधिले दिएको जानकारीअनुसार उनको स्थायी घर हेटौंडा नै हो । उनी पतिसँग चितवनमा बस्दै आएकी थिइन् ।
जेठ ९ गते संक्रमित महिला र उनका पति हेटौंडा आएका थिए । स्थानीय जनप्रतिनिधिले कोरोना परीक्षण गराएर घर आउन भन्दै सोही दिन बेलुका हेटौंडा–४ स्थित श्रमिक माविमा रहेको आइसोलेसन वार्डमा पठाएका थिए । उनको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपानेले जानकारी दिनुभयो । ती महिलाको हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनलाई कोरोना पोजेटिभ देखिएपछि पतिको स्वाब संकलन गरिएको र चौकीटोलबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
ती महिला हेटौंडामा कोरोना संक्रमण देखिएकी दोस्रो व्यक्ति हुन् । यसअघि हेटौंडा–४ की करिब ५४ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको थियो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया