रसुवामा तीन जनाको आरडिटी पोजेटिभ

विदुर खबर २०७७ जेठ १० गते २१:११

रसुवा।  रसुवामा तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । जिल्लाको नौकुण्ड गाउँपालिकामा शनिबार जाँच गरिएकामध्ये तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

Advertisement

गाउँपालिकामा शुक्रबार र शनिबार गरि ६६ जनाको परीक्षण गरिएकोमा २४, २७ र २८ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ देखिएको जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए ।

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले तीनै जनालाई जीवजीवे ग्रामीण अस्पतालको आइसोलेसनमा ल्याएर राखिने छ । उनीहरूको स्वाब सङ्कलन गरेर पिसिआरको लागि जनस्वास्थ्य प्रयोगशाला पठाइने छ ।

Advertisement

प्रतिक्रिया