संक्रमित बालक बसेको धादिङको स्वास्थ्यचौकी सिल
धादिङ।लमजुङका कोरोना संक्रमित ३ वर्षीय बालक ५० दिन बसेर गएकाे पाइएपछि गंगाजमुना–४ गुम्दीस्थित स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द गरिएको छ ।
उनका हजुरबुबा सोही स्वास्थ्य चौकीमा कार्यरत रहेकाले उनी लमजुङको सुन्दरबजारबाट आमासहित चैत ९ गते गुम्दी आएर वैशाख २९ गते काठमाडौं गएका थिए । काठमाडौंमा घरधनीले कोरोना परीक्षण नगरी घरभित्र पस्न नदिएपछि जाँच गर्दा बालकमा संक्रमण पुष्टि भएको थियो । सँगै रहेकी आमालाई भने कोरोना देखिएन ।ती बालकका हजुरबुबासहित उनको सम्पर्कमा आएकाहरू, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न टोली खटाइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
‘उनीहरूको डेरावरपर अरू १५ वटाजति घर छन् । ती परिवारको पनि लगत संकलन गर्दै छौं, सबैभन्दा नजिकका नातेदारको पीसीआर गरेपछि त्यसको नतिजाबमोजिम थप कारबाही अगाडि बढाउँछौं,’ गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया