लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठक बस्दै

विदुर खबर २०७७ जेठ ४ गते १०:५३
फाईल फोटो ।

                                                                                फाईल फोटो ।

नुवाकोट । लकडाउनबारे निर्णय गर्न आज (आइतबार) कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद्का बैठक बस्दैछन् ।

Advertisement

दिउसो २ बजे बस्ने समन्वय समितिको बैठकले सरकारलाई लकडाउनबारे सिफारिस गर्नेछ । चैत ११ गतेदेखि विभिन्न चरणमा थप गरिएको लकडाउनको अवधि भोलि सोमबार सकिदैछ ।  शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको अनौपचारिक बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको थियो । अति जोखिम, मध्यम र न्यून जोखिमका क्षेत्र छुट्टयाएर त्यसैअनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने अनौपचारिक निर्णय उक्त बैठकले गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्राद बिडारीले लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे सरकारलाई समितिले सिफारिस गर्ने बताएका थिए ।

तर, पछिल्लो दुई दिनमा राजधानी उपत्यकासहित देशैभरी संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमणकै कारण सिन्धुपाल्चकोककी एक महिलाको मृत्यु भइसकेको छ । प्रदेश २ का आठ वटै जिल्लामा संक्रमण देखिएको छ भने पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र बाँकेमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

Advertisement

 

अघिल्लो आइतबारदेखि खुकुलो हुनथालेको लकडाउनलाई सरकारले कडा पारिसकेको छ । खुल्न थालेका सरकारी कार्यालयहरु फेरि बन्द गरिएका छन् । प्रशासनले जारी गरेका सवारी पासहरु खारेज गरिएको छ । संक्रमण बढ्दै गएको र मृत्युसमेत भएको अवस्थामा सरकारले अगाडि कसरी जाने भन्नेबारे समन्वय समितिको सिफारिसअनुसार निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दैछ ।

Advertisement

 

प्रतिक्रिया