काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको आरडीटी पोजिटिभ
नुवाकोट । काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीहरुको आरटीडि नतिजा पोजिटिभ देखिएको छ ।
काठमाडौं महानगरपालिकाभित्र फोहोर मैला व्यपस्थापनमा खटिने ३१ जना सफाइ कर्मचारीमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएको छ । महानगरको वातावरण व्यवस्था विभागले शुक्रबार महानगरका सफाई कर्मचारीको आरडीटी परीक्षण गरेको थियो । महानरभित्र फोहोरमैला व्यवस्थापनमा खटिने ९ सय ३२ जनाको आरडीटी परिक्षण गरिएको महानगको जनस्वास्थ्य शाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए । ‘३१ जनाको आरडीटी पोजिटिभ देखिएको छ,’ उनले भने, ‘उनीहरुको स्वाब पीसीआर विधिबाट परिक्षण गर्न पठाएका छौं ।’
बज्राचार्यका अनुसार काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा विभागको समन्वयमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक स्वास्थ्यकर्मीहरुले कोरोना परीक्षण गरेको थियो । आरडीटी पोजिटिभ देखिएसँगै सरसफाईकर्मी घर जान नमानेपछि उनीहरुलाई टेकुस्थित वातावरण विभागकै कार्यालयमा बस्ने व्यवस्था मिलाइरहेको विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
आरटीडी परीक्षणमा पोजिटिभ देखिएका केही कर्मचारी खाद्यान्न र राहत वितरण कार्यहरुमा खटिएको श्रेष्ठले बताए । महानगरको टेकुमा रहेको वातवरण शाखा बाहेक अन्य वडाहरुमा कार्यरत सरसफाइ कर्मचारीहरुको आरटीडी परीक्षणमा पोजिटिभ देखिएको श्रेष्ठले बताए । काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले केही कर्मचारीहरुमा देखिएको बताए । ‘मैले ठ्याक्कै रिपोर्ट हेरेको छैन । केही कर्मचारीहरुको आरडीटी पोजिटिभ देखिएको सत्य हो,’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया