हाम्रो समाचारको प्रभाव : त्रिशुली बजार क्षेत्रका पसलहरु विहान र वेलुका मात्र खुल्ने
त्रिशुली । सरकारले लकडाउन घोषणा गरेपनि त्रिशुली बजार क्षेत्र दिनभर खुल्ला रहेपछि बुधवार विदुर खबरमा नुवाकोटको त्रिशुली बजारलाई छोएन लकडाउनले भन्ने समाचार प्रकाशित भएपछि वडा कार्यालयले भोलिदेखि लागु हुनेगरि बजार क्षेत्र विहान र वेलुका निर्धारित समयमा मात्र खोल्न निर्देशन दिएको छ ।
वडा कार्यालयले विहिबार एक सुचना जारी गर्दै अत्याआवश्यक काम वाहेक घर वाहिर ननिस्कन र अत्याआवश्यक वाहेकका सबै पसल बन्द गर्न वडा कार्यालयले वडावासीहरुलाई आग्रह गरेको छ । त्यस्तै बजार क्षेत्रका पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ः३० देखि ७:३० बजेसम्म खोल्न सकिने बताइएको छ ।

लकडाउनको समयमा त्रिशुली बजारमा दिउँसो खुलेको फलफुल पसल ।
लकडाउन अवज्ञा गरेका कुनैपनि घटना घटेमा आफै जिम्मेवार हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ । त्यस्तै लकडाउनको समयमा अत्याआवश्यक मानिसहरु हिँडडुल नगर्न समेत वडा कार्यालयले सबैमा आग्रह गरेको छ । त्यस्तै अपरिचित व्यक्ति वडामा प्रवेश गरेका देखेमा सम्बन्धित वडाअध्यक्ष वा वडा कार्यालयमा सम्पर्क गर्न वडा कार्यालयले सबैमा आग्रह गरेको छ ।
यस्तो छ वडा कार्यालयको सुचना ।

सम्बन्धित समाचार
त्रिशुली बजारलाई छोएन लकडाउनले
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया