त्रिशुली बजारलाई छोएन लकडाउनले
त्रिशुली । कोरोना भाइरसको संक्रमण बढेको भन्दै केन्द्र सरकारले लकडाउन घोषणा गरेको ५१ दिन बितेको छ ।
तर नुवाकोटको त्रिशुली बजारलाई भने लकडाउन भएको लामो समय बितिसक्दा पनि छुन सकेको छैन । सरकारले अत्याआवश्यक काम वाहेक घर वाहिर ननिस्कन र अत्याआवश्यक वाहेकका सबै उद्योग,कलकारखाना, पसल बन्द गर्न भनेपनि त्रिशुली बजार क्षेत्रका पसलहरु निर्वाध रुपमा चलिरहेका छन । त्रिशुली बजारमा रहेका फलफुल तथा तरकारी पसलमा दैनिक वारा,पर्सा, लगायत तराईका विभिन्न स्थानबाट निर्वाध रुपमा तरकारी र फलफुल भित्रिदा समेत सम्बन्धित निकाय मौन रहेका छन । बजार क्षेत्रमा दैनिक तराईबाट फलफुल र तरकारी निर्बाध रुपमा भित्रिदा पनि सरोकारवाला मौन रहेको भन्दै स्थानियबासीहरु असन्तुष्टि व्यक्त गरेका छन ।
तराईका विभिन्न जिल्लाहरु कोरोनाको हटस्पट बनिरहँदा त्यहाँबाट दैनिक रुपमा नुवाकोटमा तरकारी,फलफुल र खाद्यान्नहरु भित्रिरहेका छन त्यसलाई रोक्न कसैले पहल गरेको छैन स्थानिय लिडर श्रेष्ठले भने । अहिलेको समयमा पनि सरोकारवाला निकायले ध्यान नदिँदा रोगको संक्रमण बढ्ने जोखिम बढेको उनले बताए । यो खेलवाड र हुलहुज्जत गर्ने वेला हैन भिडभाड रोक्न प्रहरी प्रशासनलाई सबैले सहयोग पुराएमा सहज हुने उनको धारणा छ ।
त्यस्तै विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जितले भोलिबाट वडा नम्बर १ का कुनैपनि पसलहरु खोल्न नपाइने बताए । बजारलाई विहान र वेलुका समय मिलाएर खोल्ने व्यवस्था मिलाइने उनको भनाई छ । वडाध्यक्ष रञ्जितले बजार व्यवस्थित गर्न पहल गरिरहेको र कोरोनाले यो वा त्यो नभन्ने भन्दै बजार व्यवस्थित रुपमा संचालन गर्न सबै सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने जानकारी दिए ।
त्यस्तै त्रिशुली बजारका फलफुल व्यापारीहरुले भने फलफुल छिटो बिग्रने संभावना भएकोले आफुहरु घाटा खाएर व्यापार गर्न नसक्ने बताउँछन । देशभर कोरोना संक्रमतिको २ सय १९ जना पुगिसकेको अवस्थामा सरकार, स्थानिय जनप्रतिनिधि र सबैले बेलैमा सोच्न जरुरी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया