प्यूठानमा दुई जनामा आरडीटी ‘पोजेटिभ’,पीसीआरका लागि भैरहवा पठाईदैँ
प्यूठान । आरडीटी परीक्षण गर्दा प्यूठानमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
२१ र ४३ वर्षका ती पुरुषहरुलाई १५ दिन अघि जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो। उनीहरु गत बैशाख १३ गते काठमाण्डौ र म्याग्दीबाट घर फर्केका थिए। स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदिले प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको जानकारी दिए।
शनीबार आरडिटी परीक्षणमा पोजेटिभ नतिजा आएपछि उनिहरुको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाउने तयारी भएको समेत सुबेदिले बताए। थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि मात्र कोरोना संक्रमण भए नभएको पुष्टी हुन्छ । क्वारेन्टाइनमा बसेका उनीहरुलाई आज पन्ध्रौ दिनमा आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएको थियो।
उनिहरुलाई पुनः क्वारेन्टाइनमै राखिएको छ । उनिहरु प्युठान नगरपालिका वडा नंवर १ र २ का बासिन्दा भएको बताईएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग





प्रतिक्रिया