नुवाकोटको मेरो माइक्रोफाइनान्सद्वारा १९ स्थानीय राहत कोषमा आर्थिक सहयोग
नुवाकोट । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले १९ स्थानीय राहत कोषमा आर्थिक सहयोग गरेको छ।
फाइनान्सले कोरोना भाइरसको रोमथाम तथा नियन्त्रणका लागि दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका वर्गहरुलाई तत्काल राहत हुने गरी संस्थाका स्थानीय तह अन्तर्गत रहेका १९ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत स्थानीयतह राहत कोषमा छ लाख ५९ हजार आर्थिक सहयोग गरेको हो। फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले समुदाय स्तरमा निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास लिएको बताउनुभयो ।
यस अघि फाइनान्सले संघिय सरकारको कोरोना नियन्त्रण तथा राहत कोषमा २५ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पूर्ण रुपमा पालना गर्दै फाइनान्सले बन्दाबन्दीको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया