इटलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार भन्दा माथि
विदुर खबर
२०७७ वैशाख २७ गते ९:१३

नुवाकोट । कोरोना भाइरस संक्रमणका कारण इटलीमा मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । शुक्रबार थप २४३ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या ३० हजार २ सय १ पुगेको हो ।
शुक्रबार मृत्यु भएकाको संख्या बिहीबारको तुलनामा भने कम हो । बिहीबार २७४ जनाको मृत्यु भएको थियो । इटलीमा कोरोना संक्रमितको संख्या र मृतकको संख्या पहिलेको तुलनामा केही घटे पनि रोकिएको भने छैन । इटलीमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख १७ हजार १ सय ८५ छ ।
कोरोना भाइरस संक्रमण देखिएको इटली यूरोपको पहिलो देश हो । संक्रमण रोकथामका लागि देशभर गरिएको लकडाउन हाल बिस्तारै बिस्तारै खोल्न थालिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया