शहरी क्षेत्रमा नै शौचालय बनाउन चुनौती
झापा, झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना धकेलिँदै गएको छ ।
सन् २०१७ भित्रै झापालाई नै खुला दिसामुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिए पनि त्यो सफल हुन सकेन । निर्धारित समयभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न नसकिएपछि २०७५ को जेठ मसान्तसम्ममा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर, एक महिना बित्न लाग्दा पनि लक्ष्य हासिल हुन सकेको छैन । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले अभियान सम्पन्न गर्न केही जटिलता थपिएकाले तोकिएको समयमा खुला दिसामुक्त जिल्ला घोषणा गर्न नसकिएको बताउनुभयो ।
झापामा अहिले पनि एक हजार ८०० घरधुरीमा शौचालय बनाउन बाँकी रहेको छ । करीब एक हजार ३०० घरधुरीमा शौचालय निर्माण भइरहेको छ भने ५०० घरधुरीमा शौचालय निर्माणको काम शुरु हुन नसकेको प्रमुख पोर्तेलले बताउनुभयो । झापाका १५ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तह कनकाई, शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा, बाह्रदशी, बुद्धशान्ति, कमल खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने कचनकवल, गौरादह, बिर्तामोड, हल्दिबारी खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेका छन् । दमक, मेचीनगर, भद्रपुर, झापा, कचनकवलमा ठूलो चुनौती रहेको प्रमुख पोर्तेलको भनाइ छ ।
खुला दिसामुक्त घोषणाको अभियानमा झापामा शहरी तथा सुगम क्षेत्रमा नै चुनौती देखिँदै छ । विकट, विपन्न र पछाडि पारिएको समुदायको बढी बसोबास रहेका क्षेत्रभन्दा विकसित नगर र बजारमा शौचालय बनाउन अटेर गर्ने बढी रहेका छन् । “जान्ने र हुनेहरुले शौचालय बनाउन मान्दैनन्”, प्रमुख पोर्तेलले भन्नुभयो, “भौतिक विकासलाई मात्र विकास भएको ठान्ने प्रवृत्तिका कारण मानवीय र सामाजिक विकास कमजोर देखिएको होे ।”
नेपालकै होचो भूभाग बन्यो खुला दिसामुक्त
नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकाको बालुबाडी खुला दिसामुक्त बनेको छ । एक हजार २७२ घरधुरी रहेको बालुवाडीको सबै घरमा चर्पी निर्माण गरी खुला दिसामुक्त घोषणा गरिएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले जनाएको छ ।
चार सय ६४ घरधुरीमा मात्र सुरक्षित शौचालय रहेको बालुबाडीमा ग्लोबल स्यानिटेसन फण्ड र विराट सामुदायिक अध्ययन केन्द्रको सहजीकरणमा बाँकी ८०८ घरधुरीमा नयाँ शौचालय निर्माण गरेर खुला दिसामुक्त घोषणा गरिएको स्वच्छता समन्वय समितिकी उपाध्यक्ष मीना पराजुलीले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया