तनहुँमा मान्छे र चितुवाबीच द्वन्द्व हुँदा चितुवाको मृत्यु
तनहुँ । भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमाल गाउँमा बुधबार राती मान्छे र चितुवाबीच द्वन्द्व हुँदा चितुवाको मृत्यु भएको छ ।
छिर्के बुटा भएको उमेर र तौल नखुलेको एक पोथी चितुवाको द्वन्द्वको क्रममा मृत्यु भएको हो । स्थानीय राम बहादुर कुमालले व्यवसायिक रुपमा पाल्नुभएको कुखुरा रातीको समयमा मानिस चोर्न आएको थाहा पाएपछि लखेट्ने क्रममा जङ्गल छेउको रुखमा रहेको चितुवाले एक्कासी मानिस माथि जाइलागेपछि भएको दोहोरो द्वन्द्वमा चितुवाको मृत्यु भएको हो । दोहोरो भिडन्तमा स्थानीय कुमाल गम्भिर घाइते भएको वडाध्यक्ष पुर्ण बहादुर लौडारी भाटले जानकारी दिनुभयो ।
घाइतेको अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको भाटले बताउनुभयो । इलाका प्रहरी भानुबाट प्रहरी टोली घट्नास्थलमा पुगेपनि वन कार्यालयका प्रतिनिधी आइ नपुगेका कारण यसको विस्तृत जानकारी पाउन नसकिएको उहाँको भनाई छ ।घट्नाको बारेमा जानकारी पाए लगत्तै डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत विजय देवकोटाको एक टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले बताउनुभयो । केही समय अघि सोही वडाको लोही पाखामा राखेको खोरमा बुधबार बिहान पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । करिब ५/६ वर्षको देखिने २५/३० किलोग्राम तौल भएको चितुवा मृत फेला परेको हो ।
चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको ज्यान लिइसकेको छ भने सात जना घाइते भएको डिभिजन बन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । भानु नगरपालिकाका ६, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाका एक/एक जना ज्यान गएको छ । नरभक्षी चितुवाले २०७४ फागुन १ गते भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कार्तिक २९ गते जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १९ गते ढल्केबरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भकुण्डेथोकका ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते जामुनेगैह्राका ४ वर्षीय आशिष बानिया र २०७६ पुष २१ गते आँबुखैरेनी रानागाउँका ८ रानागाउँका वर्षीय पुजन सिंजाली मगरको ज्यान लिइसकेको छ ।
वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको स्रोह स्थानमा स्रोह वटा खोर निर्माण गरी थापिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया