बुटवलमा लकडाउन उल्लंघन गर्नेलाई २ घण्टा सडकमै उभ्याएर प्रशिक्षण


फाईल फोटो ।
नुवाकोट । बुटवलमा लकडाउनको उल्लंघन गरेर सवारी साधन चलाउलाई सडकमै उभ्याएर राख्न थालिएको छ ।
अत्यावश्यक कामविनै बजारमा निस्किएका सवारी साधन चालकलाई प्रहरीले दुई घण्टासम्म नियन्त्रण लिने र छाड्ने गरेको छ । बुधबार बुटवलको अस्पताललाइन, बसपार्क र राजमार्ग चौराहामा दुई सय बढी सवारी साधनलाई सडकमै रोकेर प्रहरीले चालकहरुलाई दुई घण्टासम्म उभ्याएर प्रशिक्षण दिएर मात्रै छाडेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले एक सय ५० मोटरसाइकल, ५० वटा स्कुटर र चार वटा कारलाई रोकेर दुई घण्टा प्रशिक्षण दिएर फर्काइदिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।
‘सरकारको निर्देशन अटेर गरेर चलाइएका सवारी साधन रोकेर दुई घण्टा प्रशिक्षण दिएर मात्रै छाड्ने गरेका हौं’ डीएसपी भट्टराईले भने, ‘यसलाई कारवाही भन्दा पनि कोरोना महामारी रोकथाम र नियन्त्रणमा सचेतनाका रुपमा बुझ्नु उपयुक्त होला ।’ बुधवारदेखि बुटवल र आसपासका क्षेत्रमा प्रहरीले चेकजाँचलाई कडाई गरेको उनले बताए ।
बुटवल उप–महानगरपालिकाले हरेक दिन बिहान ८ बजे देखि साँझ ५ वजेसम्म किराना तथा खाद्य पसलहरु खुल्ला राख्न दिएपछि बजारमा दैनिकजसो मानिसहरुको आवागमन बाक्लिदै गएको थियो । त्यस्ता पसलहरुमा सामान किनमेल गर्दा सामाजिक दुरी समेत कायम गरिएको पाइदैन ।
अनलाईन खबरबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया