पोखरा महानगरका वेपत्ता अधिकृतको २२ दिन पछि शव फेला
पोखरा, पोखरा महानगरपालिकाका वेपत्ता सामाजिक महाशाखाका वरिष्ठ सुचना अधिकृत ओमराज पौडेलको शव आज बिहान तनुहँको भिमादको सेती नदि किनारमा फेला परेको छ ।
असार ९ गते देखि हराएका पौडेल २२ दिन पछि भिमादको सेती किनारमा मृत अवस्थामा भेटिएको हो । उनको सवलाई आफ्न्तले पहिचान गरे पछि प्रहरीले मुचुल्का उठाउन थालेको छ । मुचुल्का गरे पछि उनको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ल्याउने छ । असार ९ गते घरबाट सरसफाइको कार्यक्रम जाने भन्दै निस्किएका पौडेल सम्पर्क विहिन भएका थिए ।
पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा पत्र समेत छाडेको प्रहरीले जानकारी दिएको छ । पौडेलले छाडेको पत्रमा ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’ लेखिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया