पोखरा महानगरका वेपत्ता अधिकृतको २२ दिन पछि शव फेला

विदुर खबर २०७५ असार ३० गते ८:०६

पोखरा,  पोखरा महानगरपालिकाका वेपत्ता सामाजिक महाशाखाका वरिष्ठ सुचना अधिकृत ओमराज पौडेलको शव आज बिहान तनुहँको भिमादको सेती नदि किनारमा फेला परेको छ ।

Advertisement

असार ९ गते देखि हराएका पौडेल २२ दिन पछि भिमादको सेती किनारमा मृत अवस्थामा भेटिएको हो । उनको सवलाई आफ्न्तले पहिचान गरे पछि प्रहरीले मुचुल्का उठाउन थालेको छ । मुचुल्का गरे पछि उनको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ल्याउने छ । असार ९ गते घरबाट सरसफाइको कार्यक्रम जाने भन्दै निस्किएका पौडेल सम्पर्क विहिन भएका थिए ।

पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा पत्र समेत छाडेको प्रहरीले जानकारी दिएको छ । पौडेलले छाडेको पत्रमा ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’ लेखिएको थियो ।

Advertisement

प्रतिक्रिया