धादिङमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी, २८ कैदीबन्दी रिहा
धादिङ । जिल्ला कारागार धादिङमा सजाय भोगिरहेका २८ जना कैदीबन्दी रिहा भएका छन् ।
महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड- १९) को संक्रमणबाट जोगिने उद्देश्यले जिल्ला अदालतको आदेशमा सामान्य घटनामा संलग्न कैदीबन्दीलाई छाडिएको कारागार कार्यालयका प्रमुख गंगालाल योगीले बताए ।
चोरी, सार्वजनिक मुद्दा, अभद्र व्यवहार, बहुविवाह, लागुऔषधलगायत सामान्य प्रकृतिका घटनामा संलग्न कैदीलाई मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५५ मा रहेको प्रावधानबमोजिम छाडिएको उनले बताए ।
छुटेका कैदीबन्दीले भोग्न बाँकी रहेको सजायबापत प्रतिदिन तीन सय रुपैयाँका दरले रकम तिरेर ६ जना महिला, २२ जना पुरुष र ४ जना आश्रित बालबालिका छुटेका हुन् । २८ जनाले जरिवानाबापत नाै लाख २४ हजार नौ सय रुपैयाँ तिरेको जिल्ला अदालत धादिङले जनाएको छ । ३१ जनाले निवेदन दिएकोमा २८ जनाको फर्स्याेट भएको हो । तर, छुटेका उनीहरू अपराधमा पुनः संलग्न भएमा पहिलेको समेत थपिएर सजाय भोग्नुपर्ने मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५५ मा उल्लेख छ ।
क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी
कोरोनाको त्रास र अधिक कैदीबन्दीका कारण जिल्ला कारागारमा कैदी घटाउन थालिएको हो । एक सय ५० जनाको क्षमता रहेको कारागारमा अहिले तीन सय १९ जना कैदीबन्दी रहेको प्रमुख योगीले बताए । ‘लकडाउनपछि कैदी थपिएका छैनन् । तर, हिरासतबाट भने २५ जना थपिए,’ उनले भने, ‘तीन सय १९ जना कैदीबन्दीमध्ये १० जना महिला, एकजना बालिका, १६ जना भारतीयसमेत छन् ।’
क्षमताभन्दा अत्यधिक कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भएको छ । उनीहरूको दैनिक जाँच तथा जटिल खालका रोग लागेकाहरूलाई उपचार गर्नसमेत समस्या भएको उनले बताए । कारागारमै जाँच गर्न एकजना अहेवको व्यवस्था छ । ‘तर, ६० वर्षभन्दा बढी उमेर भएकाहरूलाई दीर्घरोग लागेका कारण भन्नेबित्तिकै जचाउन समस्या देखिएको छ,’ उनले भने, ‘कोरोनाका कारण कतिपय अस्पताल जान मान्दैनन् । कतिपय अवस्थामा उनीहरूलाई लिएर जान आफैँलाई डर छ ।’
कोरोनाको संक्रमणबाट सुरक्षित राख्न आफन्तहरूसँगको भेटभाट बन्द गरिएको छ । तरकारीलगायतका खाद्यान्न पनि पखालेर मात्र ल्याउने गरेको प्रमुख योगीले बताए ।
नयाँपत्रिका दैनिकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया