अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख पुग्यो
विदुर खबर
२०७७ वैशाख १७ गते ८:४४

नुवाकोट । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाखभन्दा बढी पुगेको छ । मृतकको संख्या पनि ५८ हजार ३ सय भन्दा बढी छ
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १० लाख ११ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या ५८ हजार ३ सय ४८ पुगेको छ । यस तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा छन् ।
अहिले अमेरिका कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै १७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया