कोरोनाको संक्रमित देखिएपछि रौतहटका दुई गाउँ सिल
विदुर खबर
२०७७ वैशाख १६ गते १७:३२

नुवाकोट । रौतहटमा मंगलबार दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीय प्रशासनले सिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाएको हो । भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअरि र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँ चारकिल्ला तोकी सिल गरिएको छ । त्यस्तै नहरटोलमा पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लालबकैया नदीको नहर दक्षिणमा नहर (मन) र उत्तरमा खसरहिया गाउँ चारकिल्ला तोकी इलाका सिल गरिएको छ ।
सिल गरिएको इलाकाबाट कुनै पनि ब्यक्ति बाहिर निस्कने र अन्यत्रबाट सिल गरेको इलाकामा प्रवेश गरेमा कानून अनुसार कारबाही गर्ने प्रशासन कार्यालयले सूचना निकालेर जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया