लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
विदुर खबर
२०७७ वैशाख १४ गते ११:५५

नुवाकोट । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।
यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिँदै छ । यसअघि शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष कार्य दलले निकालेको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया