बागमती प्रवेश नाकामा अटोमेटिक सेनिटाइजर
हेटौंडा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बागमती प्रदेश भित्रने यात्रुलाई हेटौंडा उपमहानगरले सेनेटाइज गर्ने व्यबस्था गरेको छ ।
शुक्रबार हेटौंडा-१५, रातोमाटेमा अटोमेटिक सेनेटाइजर मेसिनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुरुवात गर्नुभएको हो । मुख्यमन्त्री पौडेलले मेसिन प्रभावकारी हुने बताउनुभयो । रातोमाटे हुँदै हेटौंडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई अनिवार्य सेनेटाइज गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ ।
अत्यावश्यक सेवा दिनुपर्ने स्थानमा यस्तो मेसिन तत्काल जडान गरिने उहाले बताउनुभयो । एक पटकमा ४ जनालाई सेनेटाइज गर्न सकिने भए पनि भौतिक दुरी कायम गरी सेनेटाइज गरिने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।
नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरेका मेसिनको २ सय लिटर क्षमता रहेको र २ हजार जनालाई सेनेटाइज गर्न सकिने जनाइएको छ । मेसिनको मूल्य एक लाख ६० हजार रहेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया