कोरोनाको कारण विश्वभर एक लाख ९७ हजार २ सय ४५ को मृत्यु
नुवाकोट । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर एक लाख ९७ हजार २ सय ४५ जनाको मृत्यु भएको छ ।
हालसम्मको तथ्यांक अनुसार विश्वका २८ लाख ३० हजार ३८ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ७ लाख ९८ हजार ६ सय ३८ जना भने उपचारपछि निको भएका छन् ।
अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ५२ हजार १ सय ८५ जनाको मृत्यु भएको छ भने ९ लाख २५ हजार ३८ जना संक्रमित फेला परेका छन् ।
अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो इटली जहाँ २५ हजार ९६९ जनाको मृत्यु भइसकेको छ भने १ लाख ९२ हजार ९९४ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३२ जनाको मृत्यु भएको छ ।
यस्तै, स्पेनमा २२ हजार ५२४, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६, इरानमा ५ हजार ५७४, बेल्जीयममा ६ हजार ६७९, जर्मनीमा ५ हजार ७६०, नेदरल्याण्डमा ४ अजार २८९, टर्कीमा २ हजार ६००, स्वीजरल्याण्डमा १ हजार ५८९, ब्राजिलमा ३ हजार ६७० जनाको मृत्यु भइसकेको छ ।
विश्वका २१० मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ४९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन । यस्तै, निको भउका दस जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ
तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सुरु: बृद्धभत्तासँगै थपिएको प्रोत्साहन भत्ताको पहिलो किस्ता वितरण





प्रतिक्रिया