नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो
विदुर खबर
२०७७ वैशाख १३ गते ७:३२

नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
शुक्रवार झापाका ६२ वर्षिय एक वृद्धमा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको हो ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै नेपालमा कोरोना निको भएर १० जना घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया