चट्याङ लागेर धादिङमा २ जनाको मृत्यु, ८ घाइते
विदुर खबर
२०७७ वैशाख ९ गते ८:०४

धादिङ । थाक्रे–३, मल्डुङ्गमा सोमबार राति चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् ।
सोमबार राति ९ बजे चट्याङ लागेर विचारी टोलका २३ वर्षीय सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्षीय सानुबाबु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको घर ६ सय मिटरको फरकमा रहेको छ ।
त्यस्तै चट्याङ लागेर रुपक अर्यात, धनकुमारी तामाङ, तारासिंह तामाङ, कान्छी तामाङ, सानु तामाङ र ठूलीकान्छी तामाङ घाइते भएका छन् । घाइतेमध्ये रुपक अर्यालसहित ३ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने अन्य ५ जना स्थानीय स्वास्थयचौकीमा उपचार गरी घर फर्केका छन् ।
चट्याङका कारण गाउँमा रहेको विद्युत् ट्रान्सफर्मरमा नै आगलागी भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया