भारतमा एकैदिन १३०० संक्रमित
नुवाकोट । भारतमा जारी लकडाउन खुकुलो पार्न तयारी भइरहेका बेला कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ह्वात्तै बढेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी संक्रमण देखिएको छ । योसँगै आइतबार साँझसम्ममा भारतमा कुल संक्रमितको संख्या करिब १६ हजार पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार २ सयभन्दा बढी उपचारपछि निको भएका छन् । पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन गरिएको छ । तर केही दिन संक्रमणको दर झन् बढेको छ । स्वास्थ्य मन्त्रालले आइतबार पत्रकार सम्मेलनमार्फत भारतका ७ सय २० जिल्लामध्ये विभिन्न २३ प्रदेशका ५६ जिल्लामा विगत १४ दिनमा संक्रमण नदेखिएको जनाएको छ । संक्रमण उच्च देखिएपछि सोमबार मध्यरातदेखि लकडाउन खुला गर्ने यसअघिको घोषणा कार्यान्वयन गर्ने/नगर्नेमा अन्योल देखिएको छ । मन्त्रालयले उक्त निर्णय संक्रमण दर उच्च रहेका क्षेत्रमा लागू नहुने बताएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता दोस्रो चरणको १९ दिने लकडाउन घोषणा गर्दै अप्रिल २० देखि परिस्थिति हेरेर लकडाउनलाई खुकुलो बनाउने बताएका थिए । त्यहीअनुसार भारतको गृह मन्त्रालयले छुट पाउने क्षेत्र र व्यवसायलाई समेटेर निर्देशिका जारी गरेको थियो । तर आइतबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले त्यस्तो छुट संक्रमणको जोखिम नरहेका क्षेत्रमा मात्र लागू हुने जनाएको छ ।त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि आइतबार नै लकडाउनमा तत्काल कुनै छुट नदिने बताएका छन् । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले पनि लकडाउन खुकुलो बनाउने योजना नरहेको बताएका छन् ।
यसैबीच भारत सरकारले कोभिड–१९ को संक्रमण देशव्यापी रूपमा फैलनमा दिल्लीको निजामुद्दिनमा अघिल्लो महिना भएको इस्लामिक भेला जिम्मेबार रहेको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव लब अग्रवालले शनिबारसम्ममा पहिचान भएका कोरोना भाइरसका केसमध्ये करिब ३० प्रतिशत उक्त भेलासँग सम्बन्धित रहेको दाबी गरेका हुन् ।
अग्रवालले तमिलनाडुका ८४ प्रतिशत, तेलंगनाका ७९ प्रतिशत, दिल्लीका ६३ प्रतिशत, उत्तरप्रदेशका ५९ प्रतिशत र आन्ध्र प्रदेशका ६१ प्रतिशत कोभिड–१९ का केस निजामुद्दिन भेलासँग सम्बन्धित रहेको बताए । साथै दिल्लीका मुख्यमन्त्री केजरीवालले पनि इस्लामिक भेलाका कारण दिल्लीमा संक्रमण धेरै फैलिएको बताएको भारतीय सञ्चार माध्यले जनाएका छन् । ‘दिल्लीको जनसंख्या २ प्रतिशत मात्र भए पनि देशभरि पहिचान भएका केसमध्ये १२ प्रतिशत दिल्लीमा हुनुका पछाडि सोही भेला हो,’ केजरीवाललाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले लेखेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया