नुवाकोटका ज्येष्ठ नागरिक र बालबालिकालाई आर्ट अफ लिभिङको सहयोग

देविघाट । बिश्व बिख्यात आध्यात्मिक गुरु रबिशंकरद्वारा स्थापित आर्ट अफ लिभिङ नामक संस्थाको नेपाल च्याप्टरले नुवाकोटका ज्येष्ठ नागरिक र असहाय बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
संस्थाले लकडाउनका कारण समस्यामा परेकाहरुलाई खाद्यान्न लगायतका सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा नुवाकोटमा पनि खाद्यान्न सहयोग गरिएको आर्ट अफ लिभिङ नेपाल च्याप्टरका संयोजक एवं नेपालका प्रतिष्ठित ब्यवसायी बिमल केडीयाले बताए । आर्ट अफ लिभिङले यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टसंगको समन्वयमा नुवाकोटका ज्येष्ठ नागरिक र बालबालिकालाई खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।
संस्थाले बिदुर नगरपालिका वडा नम्वर ५ को देबिघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ४९ जना ज्येष्ठ नागरिकलाई प्रतिब्यक्ति १० किलोग्राम चामल,४ किलोग्राम च्युरा,२ लिटर तेल,२ किलोग्राम दाल, ४ गोटा साबुन, २ प्याकेट नुन र २० प्याकेट चाउचाउ तथा बिदुर नगरपालिका वडा नम्वर २ मा रहेको आमाको माया छात्राबासमा आश्रित २२ जना बालबालिकालाई प्रतिब्यक्ति ५ किलोग्राम चामल, २ किलोग्राम च्यूरा,१ लिटर तेल,१ किलोग्राम दाल, २ गोटा साबुन,१ प्याकेट नुन र १० प्याकेट चाउचाउ उपलब्ध गराएको छ ।
आर्ट अफ लिभिङले उपलब्ध गराएको खाद्यान्न सामग्री शनिवार संस्थाको तर्फबाट पत्रकार शिव देबकोटाले स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहवरमा देबिघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष बिष्णुराज नेपाल र आमाको माया छात्राबासका संरक्षक सोमप्रसाद पाण्डेलाई हस्तान्तरण गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया