छात्राबासमा मनायाे नेबिसंघ नुवाकोट क्षेत्र नम्बर १ ले स्थापना दिवस

विदुर खबर २०७७ वैशाख ६ गते १८:३८

विदुर । नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा नेविसंघ नुवाकोट क्षेत्र नम्बर १ ले बिदुरमा रहेको आमाको माया छात्राबासमा खाद्यान्न सामाग्रीहरु चामल ,नुन , तेल ,सावन , तरकारि ,दाल लगायत वितरण गरि मनाएको छ ।

Advertisement

छात्रवासमा चामल ,नुन , तेल ,सावन , तरकारि ,दाल लगायत वितरण गरिएको नेविसंघ नुवाकोट क्षेत्र नम्बर १ नेता कृष्ण मिश्रले जानकारी दिए । त्यस्तै लकडाउको समयमा पनि छात्रवासमा आएर खाद्यान्न सहयोग गरेको भन्दै छात्रवासका अध्यक्ष सोमप्रसाद पाण्डेले नेवसिंघ नुवाकोट क्षेत्र नम्बर १ का पदाधिकारीप्रति आभार व्यक्त गरे ।

नेपाली कांग्रेस लिखु गाउँपालिका वडा नम्बर २ का सभापति ठाकुरप्रसाद ढकालवाट तरकारि र अन्य सामाग्रीहरु स्थानिय जगदिश कुईकेल , महानन्द ढकाल , कृष्ण मिश्र ,बिष्णुहरि मिश्र, सुमन कुमार महत ,सन्जिब सुबेडि ,वसन्त मिश्र ,नमराज मिश्र , भृर्गुरिसि मिश्र ,रामेश्वर मिश्र ,ठाकुर प्र कुईकेल ,रिसव कुईकेल , हस्त बा ढुङ्गाना , किरण कार्कि ,सिताराम मिश्र, रबिन्द वाईवा लगायतले सहयोग गरेका थिए ।

Advertisement

सहयोग हस्तान्तरण गर्न  नेबिसंघ पुर्व जिल्ला अध्यक्ष जगदिश कुईकेल , नेताहरु उपेन्द्र मिश्र  ,नबराज सुबेदि लगायत गएको अध्यक्ष मिश्रले बताए ।

प्रतिक्रिया