क्यानडाविरुद्ध नेपालको कमजोर प्रदर्शन, शरद पनि १ रनमै आउट
विदुर खबर
२०७४ फागुन २ गते १४:२७
२ फागुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा क्यानडाविरुद्ध १९५ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको छ ।
नेपालले २२ ओभरसम्ममा ४ विकेट गुमाएर जम्मा ७३ रन जोडेको छ । छैठौं ओभरभित्रै कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले २१ औं ओभरमा दीलिप नाथ र २२ औं ओभरमा शरद भेषावकरलाई गुमाएको हो ।
आजको खेलमा राम्रो प्रदर्शन गरेका दीलिपले ४१ रन जोडेर आउट भए भने ज्ञानेन्द्र मल्ल शरद भेषावकर १ र पारस खड्का शून्य रनमा आउट भए । नेपालले खेल जित्नका लागि अब २६.३ ओभरमा १२० रन जोड्नुपर्नेछ । अब नेपालसँग ६ विकेटमात्र बाँकी छ ।
-OnlineKhabar
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया