डेंगु तीव्र रुपमा फैलँदै, १ सय ४६ जनामा संक्रमण
विदुर खबर
२०७७ वैशाख ५ गते १७:०६
नुवाकोट । मुलुकभर डेंगु संक्रमण फैलंदै गएको छ । देशभर १ सय ४६ जनामा डेंगु संक्रमण देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
रुपन्देहीमा सबैभन्दा धेरै १२ जना, काठमाडौं उपत्यकामा ३ जना तथा अन्य स्थानमा एक, दुई गर्दै संक्रमण फैलिरहेको महाशाखाको किटजन्य शाखाका प्रमुख प्रकाश प्रसाद शाहले बताउनुभयो । कोरोना भाइरसका कारण समाज आक्रान्त भएका कारण डेंगु छायाँमा परेको तर कोरोनाको महामारी रोकिने वित्तिकै डेंगुले भयावह रुप लिने भएकाले बेलैमा सचेत रहनुपर्ने डा. शाहको भनाई छ । हिजो आज ज्वरो आएका मानिसलाई कोरोनाको मात्र नभई डेंगु, मलेरिया, कालाजार, स्क्रवटाइफस जस्ता संक्रमणको समेत परिक्षण गरिनुपर्ने उहाँले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया