लकडाउनमा किसानलाई प्रोत्साहन आवश्यक छ : मुख्यमन्त्री पौडेल
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
भिडियो कन्फरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । पालिकामा भएको बजेट खर्च गर्नुपर्ने उहाँको तर्क थियो । “स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ, अहिले आवश्यकता जे हो त्यसमा खर्च गर्ने हो बाँकी काम बिस्तारै गर्दै जाने हो”, उहाँले भन्नुभयो ।
राहत वितरणको काम बल्ल शुरु गर्ने बेला भएको उहाँको तर्क थियो । उहाँले लकडाउनको अवधि लम्बिने अवस्था आए त्यसको सामना गर्न पूर्वतयारी आवश्यक भएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले आज चितवनको भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको बारबिसे नगरपालिकाका प्रमुखहरुसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्नुभएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया