लकडाउन कहिलेसम्म ? रिसर्चर भन्छन्–‘अवस्था यही रहे सन् २०२२ सम्म’
विश्वभर कहर मच्चाएको कोरोनाभाइरसको संक्रमण थामिने कुुनै संकेत देखिएको छैन ।
विश्वभर करीब २० लाखभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । करीब १ लाख ३० हजार मानिसहरुले यो भाइरसको संक्रमणबाट आफ्नो ज्यान गुुमाइसकेका छन् । तर पनि अहिलेसम्म यसको न त कुुनै औष्ािध आएको छ, न त कुुनै भ्याक्सिन नै विकसित भएको छ । यसबाट बच्ने एउटा मात्रै उत्तम उपाय हो सामाजिक दुुरी कायम गर्नुु । अर्थात मानिसबाट टाढा बस्नुु ।
विश्व स्वास्थ्य संगठनका साथै विश्वका सबैजसो देशहरुले सामाजिक दुुरीलाई प्राथमिकतामा राखेका छन् । यहीकारण नेपालसहित विश्वका कयौं देशहरु लकडाउनमा उत्रिएका छन् । लकडाउनले घरमै बस्नुु पर्दा मानिसहरु आजित भइरहेका छन् । तर, आखिर कहिलेसम्म घरमै बसिरहनुुपर्ने हो होला ? विश्वका देशहरुले लागू गरिरहेका लकडाउन कहिलेसम्म जारी रहने हो ? यसको जवाफ आएको छ–अमेरिकी अनुुसन्धानका तर्फबाट । हार्वट टि एच चान स्कुुल अफ पब्लिक हेल्थका अनुुसन्धानकर्ताले साइन्स जर्नलमा एउटा अनुुसन्धान प्रकाशन गरेका छन् । उक्त अनुुसन्धानमा यदि तत्कालै कोरोना विरुद्धको भ्याक्सिन विकास नभए अमेरिकामा सामाजिक दूरी सन् २०२२ सम्म लम्बिनसक्ने जनाइएको छ ।
यसका साथै उक्त अवधिभर मानिसहरुलाई घरमै बस्न र स्कूलहरु पनि बन्द रहनसक्ने अनुुसन्धानमा उल्लेख गरिएको छ । तर, यो अनुुसन्धान प्रकाशित हुुनुु भन्दा पहिले ह्वाइटहाउसले अमेरिकामा यो वर्षको गर्मीयामसम्म कोरोना हराउने विश्वास गरेको थियो । तर, यो नयाँ अनुुसन्धानले अमेरिकासँगै विश्वका अन्य देशको पनि चिन्ता बढाइदिएको छ । अनुुसन्धानकर्ताको यो समूहले कोरोनाभाइरसका बारेमा मौजुुद रहेका तमाम जानकारीको आधारमा या त गम्भीर संक्रमितको उपचार क्षमतालाई बढाउन, या त यसको औषधि वा भ्याक्सिन विकास गर्न या त यसको उपचार नभेटिएसम्म सामाजिक दूरी कायम राख्न सुुझाव दिएका छन् ।
रिपोर्टमा यी सबै कुुरा पूरा हुुन २०२२ सम्म कुुर्न भनिएको छ । यसका साथै रिपोर्टमा कोरोनाभाइरसलाई सन् २०२४ सम्म निगरानीमा राख्नुुपर्ने भनिएको छ । लकडाउन र प्रतिबन्धहरु हटाउन हतार गरिए संक्रमणले विकराल रुप लिनसक्ने खोजकर्ताको निश्कर्ष छ । अमेरिकाको सेन्ट्रल डिजिज कन्ट्रोल एण्ड पभेन्सनका डाइरेक्टर रोबर्ट रेडफिल्डका अनुुसार लकडाउनलाई अझै लामो अवधिसम्म जारी राख्न सके कोरोनामाथि त्यति नै प्रभावकारी ढंगले नियन्त्रण राख्न सकिने बताएका छन् ।
सुुरुवातमा लकडाउनको विराध गरेको अमेरिकाका कयौ राज्यमा अहिले लकडाउनलाई कडा बनाइएको छ । लकडाउन उल्लंघन गर्नेलाई कारबाही र जरीवानाको व्यवस्था पनि गरिएको छ ।
-एबीपी न्यूज
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया