लकडाउन कहिलेसम्म ? रिसर्चर भन्छन्–‘अवस्था यही रहे सन् २०२२ सम्म’

विदुर खबर २०७७ वैशाख ३ गते २१:३७

विश्वभर कहर मच्चाएको कोरोनाभाइरसको संक्रमण थामिने कुुनै संकेत देखिएको छैन ।

Advertisement

विश्वभर करीब २० लाखभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । करीब १ लाख ३० हजार मानिसहरुले यो भाइरसको संक्रमणबाट आफ्नो ज्यान गुुमाइसकेका छन् । तर पनि अहिलेसम्म यसको न त कुुनै औष्ािध आएको छ, न त कुुनै भ्याक्सिन नै विकसित भएको छ । यसबाट बच्ने एउटा मात्रै उत्तम उपाय हो सामाजिक दुुरी कायम गर्नुु । अर्थात मानिसबाट टाढा बस्नुु ।

विश्व स्वास्थ्य संगठनका साथै विश्वका सबैजसो देशहरुले सामाजिक दुुरीलाई प्राथमिकतामा राखेका छन् । यहीकारण नेपालसहित विश्वका कयौं देशहरु लकडाउनमा उत्रिएका छन् । लकडाउनले घरमै बस्नुु पर्दा मानिसहरु आजित भइरहेका छन् । तर, आखिर कहिलेसम्म घरमै बसिरहनुुपर्ने हो होला ? विश्वका देशहरुले लागू गरिरहेका लकडाउन कहिलेसम्म जारी रहने हो ? यसको जवाफ आएको छ–अमेरिकी अनुुसन्धानका तर्फबाट । हार्वट टि एच चान स्कुुल अफ पब्लिक हेल्थका अनुुसन्धानकर्ताले साइन्स जर्नलमा एउटा अनुुसन्धान प्रकाशन गरेका छन् । उक्त अनुुसन्धानमा यदि तत्कालै कोरोना विरुद्धको भ्याक्सिन विकास नभए अमेरिकामा सामाजिक दूरी सन् २०२२ सम्म लम्बिनसक्ने जनाइएको छ ।

Advertisement

यसका साथै उक्त अवधिभर मानिसहरुलाई घरमै बस्न र स्कूलहरु पनि बन्द रहनसक्ने अनुुसन्धानमा उल्लेख गरिएको छ । तर, यो अनुुसन्धान प्रकाशित हुुनुु भन्दा पहिले ह्वाइटहाउसले अमेरिकामा यो वर्षको गर्मीयामसम्म कोरोना हराउने विश्वास गरेको थियो । तर, यो नयाँ अनुुसन्धानले अमेरिकासँगै विश्वका अन्य देशको पनि चिन्ता बढाइदिएको छ । अनुुसन्धानकर्ताको यो समूहले कोरोनाभाइरसका बारेमा मौजुुद रहेका तमाम जानकारीको आधारमा या त गम्भीर संक्रमितको उपचार क्षमतालाई बढाउन, या त यसको औषधि वा भ्याक्सिन विकास गर्न या त यसको उपचार नभेटिएसम्म सामाजिक दूरी कायम राख्न सुुझाव दिएका छन् ।

रिपोर्टमा यी सबै कुुरा पूरा हुुन २०२२ सम्म कुुर्न भनिएको छ । यसका साथै रिपोर्टमा कोरोनाभाइरसलाई सन् २०२४ सम्म निगरानीमा राख्नुुपर्ने भनिएको छ । लकडाउन र प्रतिबन्धहरु हटाउन हतार गरिए संक्रमणले विकराल रुप लिनसक्ने खोजकर्ताको निश्कर्ष छ । अमेरिकाको सेन्ट्रल डिजिज कन्ट्रोल एण्ड पभेन्सनका डाइरेक्टर रोबर्ट रेडफिल्डका अनुुसार लकडाउनलाई अझै लामो अवधिसम्म जारी राख्न सके कोरोनामाथि त्यति नै प्रभावकारी ढंगले नियन्त्रण राख्न सकिने बताएका छन् ।

Advertisement

सुुरुवातमा लकडाउनको विराध गरेको अमेरिकाका कयौ राज्यमा अहिले लकडाउनलाई कडा बनाइएको छ । लकडाउन उल्लंघन गर्नेलाई कारबाही र जरीवानाको व्यवस्था पनि गरिएको छ ।

-एबीपी न्यूज

प्रतिक्रिया