राष्ट्रिय गौरवको आयोजनामा मुआव्जा वितरणको तयारी

विदुर खबर २०७५ असार २८ गते १४:२९

राष्टिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी सडक आयोजनाले बेलकोटगढी नगरपालिका क्षेत्रमा जग्गा पर्ने जग्गाधनीलाई मुआव्जा वितरण सुरु गरेको छ ।

आयोजनाले बेलकोटगढी नगरपालिका वडा नं. ५,७, ८ र ९ नं. वडामा जग्गा पर्ने जग्गाधनीहरुलाई पहिलो चरण अन्र्तगत जग्गाधनीहरुलाई मुआव्जा वितरण गर्न लागेको सडक आयोजनाले जनाएको छ । यस क्षेत्रका७ सय जनाको निवेदन दर्ता भएको आयोजनाले जनाएको छ ।सडक आयोजना विस्तारको लागि जग्गाधनीहरुलाइ वितरणको लागि यस वर्ष २५ करोड रुपैया प्राप्त भएको छ । सडक आयोजना विस्तारको लागि जग्गाको मुआव्जा मात्र झण्डै १० अर्व भन्दा धेरै लाग्ने अनुमान आयोजनाले गरेको छ । वाँकी जग्गाधनीहरुलाई पनि सरकारसँग रकम माग गरी छिट्टै मुआव्जा वितरण गर्ने आयोजनाको तयारी छ । आयोजना निर्माण२५ प्रतिशत मात्र पूरा भएको छ । संवाद समूह नुवाकोटले आज आयोजना गरेको छलफल कार्यक्रममा आयोजना प्रतिनिधि लिलाधर अर्यालले आयोजना निर्माणको क्रममा स्थानीय सरोकारवालासग समन्वय गरेर अघि बढेकाले नै आयोजनामा गुणस्तरीय काम भइरहेको दावी गर्नुभयो ।

कार्यक्रममा आयोजनाले सामाजिक उत्तरदायित्व अन्र्तगत गरेको अतिरिक्त योजना तथा निर्माणको काम विदुर नगरपालिकालाई पनि जानकारी दिनुपर्ने विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहालले बताउनुभयो ।
आयोजना निर्माणको क्रममा विदुर नगरपालिकाको गंगटेबजारदेखि ढुंगेको बान्द्रेसम्म चार लेनको सडक निर्माणको लागि स्वीकृत भइ विस्तृत डिजाइनको काम भइरहेको आयोजनाले जनाएको छ । यसका लागि आयोजनाले केही दिनभित्रै सडकमा जग्गा पर्ने जग्गाधनीहरुको सुचीसमेत सार्वजनिक गर्न लागेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको यो सडक निर्माणले गति लिन नसकेकाले आयोजनाले जतिसक्दो चाँडो निर्माण र गुणस्तरीय काममा प्रतिवद्ध रहन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया