अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख नाघ्यो

नुवाकोट । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ६ लाख नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख आठ हजार नाघेको छ ।साथै अमेरिकामा समग्र मृत्यु हुने मानिसको संख्या पनि २५ हजार ९८१ पुगेको छ । सीएनएनका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा दुई हजार १२९ भन्दा धेरै मानिसको मृत्यु भएको छ । यो संख्या अमेरिकामा एकैदिनमा यो भाइरसको मृत्यु हुनेको अहिलेसम्मकै उच्च संख्या हो ।
अमेरिकाको न्युयोर्क राज्यमा मात्र संक्रमितको संख्या दुई लाख नाघिसकेको छ भने यो राज्यमा १० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै पहिलोपटक अमेरिकाको सबै राज्यमा आपतकालको घोषणा गरिएको छ ।
कोरोना भाइरसको कारण अहिले विश्वभर १९ लाख ८० हजारभन्दा धेरै मानिस भाइरसबाट संक्रमित भइसकेका छन् भने एक लाख २६ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।
प्रतिक्रिया