भारतमा कोरोनाका कारण एकैदिन ३८ जनाको मृत्यु
विदुर खबर
२०७७ वैशाख ३ गते १०:३३
नुवाकोट । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ४३९ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका हुन् ।
कोरोना भाइरस भारतको महाराष्ट्र सबैभन्दा प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार ६ सयभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ ।त्यस्तै मध्य प्रदेशमा ५० जनाको यो भाइरसको कारण मृत्यु भएको छ । दिल्लीमा ३० जना र गुजरातमा २८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा एक हजार ३०६ जना संक्रमित निको भइसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया