वाग्मती प्रदेशका १३ जिल्लामा र्यापिड टेस्ट सुरु
नुवाकोट । वाग्मती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरु गरेको छ । पहिलो चरणमा क्वारेन्टाइनमा बसिरहेकाहरूको परीक्षण हुँदै छ ।
पहिलो चरणमा ४ हजार ३ सय जनाको र्यापिड टेस्ट गरिने प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । ‘संघीय सरकारबाट पहिलो चरणमा र्यापिड टेस्टका लागि पाँच हजार किट प्राप्त भएको छ । तीन दिनभित्र परीक्षण सक्ने गरी जिल्लाजिल्लामा पुर्याएका छौं,’ उनले भने । सेढाईंका अनुसार सोमबार १ सय ५१ जनाको परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
पहिलो चरणमा सबैभन्दा बढी चितवनमा सात सय जनाको र्यापिड टेस्ट गरिने भएको छ । यसै गरी सिन्धुपाल्चोक र ललितपुरमा चार/चार सय, काठमाडौं, रामेछाप, दोलखा, सिन्धुली काभ्रे, धादिङ, नुवाकोट, मकवानपुरमा तीन/तीन सय तथा भक्तपुर र रसुवामा दुई/दुई सयको परीक्षण हुनेछ । ‘प्रदेश सरकारले संघीय सरकारसँग थप किट माग गरेको छ । केही दिनमै प्राप्त हुने आश्वासन मिलेको छ,’ सेढाईंले भने । उनका अनुसार उपत्यकासहित काभ्रेमा संघीय सरकारले पनि छुट्टै परीक्षण गर्नेछ ।
वाग्मती प्रदेशभर हाल ६ सयभन्दा बढी क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार चितवनमा ४ सय ९७, धादिङमा ३६, भक्तपुरमा २३, सिन्धुपाल्चोकमा १५, नुवाकोटमा १३, रामेछापमा १०, काठमाडौंमा ७, ललितपुरमा ५, रसुवामा तीन तथा मकवानपुर, सिन्धुली, काभ्रेमा एक/एक जना क्वारेन्टाइनमा छन् । दोलखामा भने शून्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेशभर हालसम्म ३४ सय ७९ क्वारेन्टाइन बेड रहेको र १ हजार ४७ वटा थप्ने तयारी हुँदै छ । हालसम्म प्रदेशभर ९ सय ४५ आइसोलेसन बेड छन् भने १ सय ७४ वटा थपिँदै छन् । सबैभन्दा बढी क्वारेन्टाइन धादिङमा निर्माण भएको छ । धादिङमा ५ सय १२, सिन्धुपाल्चोकमा ४ सय ३६, चितवनमा ३ सय बेड छन् । त्यस्तै आइसोलेसन बेड चितवनमा २ सय ९९, काठमाडौंमा १ सय ८५, ललितपुरमा १ सय २५, भक्तपुरमा ९१, दोलखामा ४१, रसुवा र मकवानपुरमा ३५/३५ वटा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेशभर हालसम्म ४ सय ७५ वटा आईसीयु सुविधासहितको बेड तयार भएका छन् । जसमध्ये चितवनमा १ सय ९६, काठमाडौंमा १ सय ४०, ललितपुरमा ९७, भक्तपुरमा ३५, मकवानपुरमा चार र काभ्रेमा तीनवटा छन् । नुवाकोट, रसुवा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, दोलखामा भने हालसम्म आईसीयुसहितको बेड बनाइएका छैनन् । अझै ७३ वटा आइसीयु बेड निर्माण गर्न लागिएकोमा भक्तपुरमा २६, काठमाडौंमा २१, चिवतनमा २० र मकवानपुरमा ६ वटा बन्नेछन् ।
वाग्मती प्रदेशको राजधानी हेटौंडा, चितवन, काभ्रे तथा उपत्यकाभित्र कोरोना टेस्ट गर्ने पीसीआर मेसिनसमेत सञ्चालनमा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया