प्रदेश २ का १२ स्थानमा उच्च निगरानी, सिलबन्दी हुनसक्ने
विदुर खबर
२०७७ वैशाख २ गते ११:१३
जनकपुरधाम । प्रदेश २ मा चार जना कोरोना संक्रमित फेला परेपछि प्रदेश सरकारले विभिन्न ठाउँलाई ‘हट स्पट’को रुपमा निगरानी बढाएको छ ।
आवश्यक परे स्थान विशेषलाई सिल गर्नेसम्मको तयारी सरकारको छ । खासगरी संक्रमित देखिएका व्यक्ति पुगेका ठाउँहरुलाई प्रदेश सरकारले ‘हट स्पट’ को रुपमा राख्दै त्यहाँ उच्च निगरानी बढाएको छ । ‘सुरुमा ती स्थानमा चेक जाँच र निरीक्षण गरिनेछ,’ प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले भने, ‘सिल गर्नुपर्ने अवस्था आए, त्यो पनि गरिनेछ ।’
उनले यसका निम्ति सुरक्षा समितिका उच्च अधिकारीहरु सोमबारै स्थलगत अनुगमन सुरु गरिसकेको बताए । प्रदेश २ को वीरगञ्जमा तीन जना भारतीयमा र रौतहटमा भारतबाट आएका एक जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना





प्रतिक्रिया