कोरोना संक्रमणको नतिजा नेपालमा सकारात्मक

विदुर खबर २०७६ चैत २९ गते २०:३८

काठमाडौँ । कोरोना भाईरस (कोभिड १९) विश्वकै लागि ठूलो चुनौतिको बिषय बनेपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको एक महिना पुरा भयो ।

Advertisement

यो अवधिमा कोरोना संक्रमणकै कारण विश्वमा १ लाख भन्दा बढी मानिसले अकालमा ज्यान गुमाईसकेका छन् ।
नेपालमा कोरोनाको उद्गमस्थल चीनबाट नेपाल आएका एक नेपाली युवामा कोरोना संक्रमण माघको ९ गते पहिलोपटक प्रमाणित भएको थियो । ती युवा सामान्य अवस्थामा निको भएर नियमित काममा फर्किएको पनि २ महिना वित्यो । त्यसैगरी दोस्रो संक्रमित पनि विदेशबाट चैत्र ४ गते नेपाल आएकै व्यक्तिलाई चैत्र ९ गते कोरोना संक्रमण प्रमाणित भयो । लगातार जस्तै संक्रमित थपिए र सरकारले पनि एक एक हप्ता गर्दै चैत्र ११ गते देखि २०७७ बैशाख ३ गते सम्म संक्रमण काल लम्ब्याएको छ ।

चैत महिनाको दोस्रो र देस्रो साता दैनिक जस्तो कोरोना संक्रमित प्रमाणीत भएपछि नेपाल सरकारले परिक्षणलाई तिब्रता दिनकै लागि हाल सम्म काठमाडौ मा ३ र काठमाडौ बाहिर काठमाडौ विश्व विद्यालय धुलिखेल अस्पताल सम्म गरि १३ स्थानमा कोरोना परिक्षणका लागि आवश्यक व्यवस्था मिलाएको छ । चैत १२ मा एक जना १४ मा १ जना १५ मा १ जना २० मा एक जना संक्रमित प्रमाणित भएका थिए । चैत २२ गते एकै दिन तीन जनामा कोरोना संक्रमण भेटिए पछि सरकार र आम जनता थप सजक भै लकडाउनलाई पूर्ण रुपमा पालना गर्दै आएको अवस्था छ । नेपाल सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी, उपकरण, तालिम, औषधि ७ तै प्रदेशमा पुर्याउने काम गरिसकेको छ ।

Advertisement

साथै विषय विज्ञहरुसँग छलफल परामर्शका आधारमा लकडाउनलाई लम्ब्याउँदै स्वास्थ्य परिक्षणमा बृद्धि गरेको छ । कोरोना संक्रमणको परिक्षणमा तिब्रता आएसँगै एक साता देखि संक्रमित नभेटिनु सकारात्म पक्ष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मिडिया ब्रिफिङका क्रममा जानकारी गराउनुभयो ।

नेपालमा अहिले सम्म समयमै सजगता अपनाएकै कारण कोरोना संक्रमितको संख्या न्यून र जटिल खालको नभएकाले नियन्त्रणका लागि सहज भएको पनि डा. देवकोटाले बताउनुभयो । विकसित मुलुक युरोप, अमेरिका लगायतका मुलुकमा अहिलो पनि कोराना संक्रमण तथा मृत्यु दर उच्च रहेको अवस्थामा नेपालमा प्रमाणित भएका ९ जना मध्ये १ जना निको भैसकेको र ८ जनाको उपचार जारी रहे पनि गम्भिर अवस्था नभएकाले अन्तिम स्वाब परिक्षण गरि रिपोर्ट नेगेटिभ आएको खण्डमा टेकूमा उपचाररत २ जनालाई डिस्चार्ज गर्न सकिने पनि जानकारी गराउनुभयो ।

Advertisement

कोरोना संक्रमणले दोस्रो चरण अर्थात स्थानियमा प्रवेश नगर्दा सम्म सरकारको गति फित्तलो र ढिला सुस्ती भैरहेको गुनासो बढेकै थियो । जब एकै दिन ३ जना त्यो पनि विदेशबाट आएकामा मात्र नभै नेपालै भएकामा पनि देखा परेपछि सरकारले परीक्षणको दायरा बढाएको छ ।एक साता अघिसम्म अर्थात नवौँ संक्रमितको घोषणा हुँदासम्म नेपालमा १ हजार ४ सय ४१ जनाको मात्रै कोरोना परीक्षण पीसीआर टेष्ट गरिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार शनिवार सम्मको परिक्षण रिपोर्ट ४ हजार ४ सय ४६ पुग्नुले परिक्षण ह्वात्तै बढाएको प्रमाणित हुन्छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टामा ८ सय ९७ नब्बे जनाको परिक्षण गरेको जनाएको छ । यता नेपालको जेठो र आम नागरिकको रिफरल सेन्टर वीर अस्पतालमा पनि शुक्रबार शुक्रवार देखि ‘रियल टाइम पीसीआर’ प्रविधिबाट कोरोना परीक्षण गर्न शुरु गरिसकेको छ ।

वीरमा शुक्रबार ४ जनाको परीक्षण भएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो ।काठमाडौमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्र कोरोना संक्रमणको परिक्षण हुँदै आएकोमा शुक्रवारबाट वीरमा शुरु भयो भने अब आइतबार देखि टेकु अस्पतालमा पनि परिक्षण शुरु गरिने र केही दिनमै पाटन अस्पतालमा पनि शुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया