लकडाउनले जात्रा स्थगित, परम्परा धान्न पूजामात्रै
काठमाडौँ । रथको कलात्मक बुट्टे काठका सामान यत्रतत्र भुइँमा छरिएका छन् ।
ठूला पाङ्ग्रा त्यत्तिकै ढलेका छन् । यत्रतत्र छरिएका रथको पार्टपुर्जा जोडिने कुनै छाँट देखिन्न । नित्य पूजाका लागि आउने भक्तजन प्रवेश गर्न नसक्ने गरी भक्तपुरको भैरवनाथ मन्दिरमा बाँसले बारिएको छ । मन्दिरको घण्टालाई समेत डोरीले बाँधेर छुन नमिल्ने बनाइएको छ । मन्दिर दर्शनका लागि आउने दर्शनार्थीलाई प्रहरीले परैबाट दर्शन गर्न सुझाव दिन्छन् ।
बिहीबार बिहानैदेखि बिस्काः (बिस्केट) जात्राको चहलपहल बढ्ने तौमढीसुनसान प्रायः छ । जात्राको कुनै रौनक छैन । आठ दिन, नौ रातसम्म भव्यरूपमा मनाइने भक्तपुरको प्रसिद्ध बिस्काः जात्राका लागि बिहीबार पूजा त सुरु भयो । तर कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी रहँदा भक्तपुरनगरपालिकाले ऐतिहासिक बिस्काः जात्रालाई औपचारिक पूजामा सीमित गर्ने निर्णयपछिमर्मतका लागि छुट्याएको भैरवनाथको रथको अवयव जोडिन पाएन । रथ बनाउने कालीगढलकडाउनले घरमै थुनिए । भक्तपुर नगरपालिकाले बिस्काः जात्रामा द्योछें (देवताघर)बाट देवता ननिकाल्न सूचना प्रकाशित गरेपछि यो पटकको जात्रा स्थगित भएको हो ।टोलटोलबाट निकालिने जात्रालाई सामान्य पूजा गरी सम्पन्न गर्न सूचित गरिएकोनगरपालिकाले जनाएको छ ।
‘संक्रमण फैलन नदिन भीड गर्न नहुने भएकाले योपल्ट जात्रा नगर्नेनिर्णय गरेका हौं,’ नगरप्रमुख सुनील प्रजापतिले भने । गुठी संस्थान कार्यालय भक्तपुरप्रमुख आनन्द कर्माचार्यका अनुसार रथ नताने पनि प्रतीकात्मक रूपमा लिंगो उभ्याउनेपरम्पराले भने निरन्तरता पाउनेछ । चैत ३० मा भेलुखेलमा रथ पुर्याएपछि लिंगो उभ्याइने परम्परा छ भनेभोलिपल्ट वैशाख १ गते पूजाआजा गरी साँझ लिंगो ढालिन्थ्यो । यो वर्ष भेलुखेलमाकाठको ५५ हाते लिंगो देख्न नपाइने भए पनि परम्पराको निरन्तरतालाई कायम गर्दैलिंगोको प्रतिमूर्तिको स्वरूपमा सुनको लिंगो उभ्याइने कर्माचार्यले बताए ।
इतिहासमै पहिलोपल्ट बिस्काः जात्राको रथ यात्रा रोकिएको इतिहासविद्कोभनाइ छ । डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार जात्राका क्रममा धेरै वर्षअघि रथबिग्रिएर रथ यात्रा रोकिएको भए पनि मर्मत गरेर जात्रा सञ्चालन गरिएको पाइए पनि रथनै नतानेको इतिहास थिएन । नेपाल संवत् ७४१ मा बिस्काः जात्राकै पहिलो दिन रथ तान्नेक्रममा क्वाछेंमा रथ पल्टिएर भत्किएपछि यात्रा रोकिएको थियो । त्यसपछि योवर्षमात्रै रथ यात्रा रोकिएको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया