भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुग्यो

विदुर खबर २०७६ चैत २७ गते ८:४९

नुवाकोट । भारतमा एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना बढेको छ ।

Advertisement

केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार रातिसम्म कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार दुई सय ७४ पुगेको छ । र अहिलेसम्म मृतक संख्या १ सय ४९ पुगेको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार अहिलेसम्म एक लाख १२ हजार दुई सय ७१ जनाको परीक्षण गरिएको छ ।

भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा एक हजार १८ जना संक्रमित भेटिएका छन् र ६४ जनाको मृत्यु भएको छ । तामिलनाडुमा ६ सय ९० जना संक्रमित भएका छन् र सात जनाको मृत्यु भएको छ ।दिल्लीमा पाँच सय ७६ जना संक्रमित र ९ जनाको मृत्यु भएको छ ।तेलंगनामा चार सय २७ संक्रमित र सात जनाको मृत्यु भएको छ । मध्यप्रदेशमा दुई सय २९ संक्रमित भएका छन् र १३ जनाको मृत्यु भएको छ । गुजरातमा १ सय ६५ संक्रमित हुँदा १३ जनाको मृत्यु भएको छ ।

उत्तरप्रदेशमा तीन सय ४३ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । विहारमा ३८ संक्रमित र एक जनाको मृत्यु भएको छ ।

Advertisement

प्रतिक्रिया