कोरोनाबाट दक्षिण एसियामा १९३ को मृत्यु, ८ हजारभन्दा बढी संक्रमित
नुवाकोट । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट दक्षिण एसियामा एक सय ९३ मानिसको ज्यान गएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांक अनुसार यो क्षेत्रमा संक्रमितको संख्या पनि आठ हजार तीन सय ४४ पुगेको छ । दक्षिण एसियाकै सबैभन्दा ठूलो मुलुक भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । अहिलेसम्म भारतमा यसबाट एक सय १८ जनाको मृत्यु भइसकेको छ । यहाँका चार हजार तीन सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दक्षिण एसियाको दोस्रो प्रभावित पाकिस्तान हो । यहाँका तीन हजार दुई सय ७७ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा यसबाट ५० जनाको मृत्यु भएको छ ।कोरोना भाइरसबाट बंगलादेशमा १३, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको मृत्यु भइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्य भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया