लकडाउनको बेला धमाधम रुख कटान

विदुर खबर २०७६ चैत २३ गते १५:०१

चितवन । लकडाउनको समयमा सरकारले घर बाहिर ननिस्कन नागरिकहरुलाई अनुरोध गरिरहेका बेला नवलपुरको गैंडाकोटमा अवैध रुपमा ४६ वटा रुख कटान गरिएको छ । तीमध्ये ३८ थान सालका र बाँकी असना लगायतका छन् ।

Advertisement

गैंडाकोट नगरपालिका वडा नं. ११ र १२ को भेंडाबारी सामुदायिक बनका २६ र बराहदेवी राष्ट्रिय सामुदायिक बनका २० वटा रुख काटिएका छन् । भेंडाबारीदेखि आहालेसम्म सडक विस्तार भन्दै वरपरका दर्जनौं रुखहरु काटिएको भेंडाबारी सामुदायिक बनका अध्यक्ष गुरु पौडेलले जानकारी दिए ।

रुख काटिएको सूचनाका आधारमा डिभिजन बन कार्यालय कावासोती, सव डिजिभन कार्यालय गैंडाकोट, सामुदायिक बन, वडा नं. ११ र १२ का वडाध्यक्षसहितको टोलीले शनिवार रुख काटिएको क्षेत्रको अनुगमन गरी लगत संकलन गरेको छ ।सामुदायिक बनका अध्यक्ष गुरु पौडेलले वडा नं. १८ का वडाध्यक्ष तिलबहादुर चितौरेको प्रत्यक्ष संलग्नता र निर्देशनमा गैरकानुनी रुपमा सालका रुख काटिएको बताए । केही रुख बन्चरोबाट र केही मेसिन लगाएर काटिएको अवस्थामा भेटिएका छन् ।

Advertisement

चैत २१ गते रुख काटिएको भन्ने सूचना आयो, गएर हेर्दा त रुनै मन लाग्ने गरी ढलाएको देखियो,’ अध्यक्ष पौडेलले भने, ‘सरोकार राख्ने सबै सरकारी कार्यालयलाई जानकारी गराएका छौं, दोषी माथि छानविन गरी कारर्वाही होस्, बन जोगाउने एकथरी, मनपर्दी काट्ने अर्काथरी यस्तो पनि हुन्छ र ?’ गैंडाकोट वडा नं. १८ का वडाध्यक्ष तिलबहादुर चिरौरेले रुख काटिएको बारेमा आफूलाई जानकारी नभएको बताए । उनले  भने, ‘यस बारेमा मलाई जानकारी पनि छैन, निर्देशन पनि दिएको छैन ।’

डिभिजन बन कार्यालय नवलपुरका प्रमुख पूर्णेश्वर सुवेदीले गैरकानुनी रुपमा विकास निर्माणको नाममा राष्ट्रिय बनमा क्षति पु¥याएकाले दोषीहरु माथि छानविन गरी कारबाही गरिने बताए ।

Advertisement

प्रतिक्रिया