कोरोनाका कारण राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम स्थगित
नुवाकोट । आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।
कोरोनाले विश्वव्यापी महामारीको रूप लिएपछि सरकारले निर्धारित कार्यक्रम स्थगित गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
‘विश्वव्यापी महामारीको विषम परिस्थिति देशले सामना गरिरहेको अवस्थामा योसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रमहरू बन्द रहेको र सो समयमा हालको परिस्थिति सुधार हुने अवस्थासमेत नभएकाले स्थगित गरिएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सर्कुलरमा भनिएको छ ।
स्वास्थ्य मन्त्रालयले स्थगित कार्यक्रमबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री कार्यालयलगायतलाई पत्राचार गर्दै परिस्थितिमा सुधार आएपछि कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया