सुदूरपश्चिममा कोरोना संक्रमण तीव्र
नुवाकोट । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप ३ जना संक्रमित भएको शनिबार पुष्टि भएको छ ।
भारतबाट आएका दुई र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको हो । यसअघि धनगढीका एक जनामा कोरोना संक्रमण भएको थियो । संक्रमित महिला तिनै व्यक्तिका भाउजू हुन् । अरू दुई युवाचाहिँ भारतको महाराष्ट्र र उत्तराखण्डबाट गत चैत १० गते नेपाल आएका थिए । यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।थप व्यक्तिमा संक्रमण फैलिएको खबरले सुदूरपश्चिममा त्रास बढेको छ । सुदूरपश्चिमबाट भारतमा रोजगारीका लागि गएकाहरू ठूलो संख्यामा फर्केकाले कोरोना संक्रमण भयावह बन्ने आशंकाले जनमानसमा त्रास बढेको हो ।
फागुन तेस्रो सातायता कैलालीको गौरीफन्टा नाकाबाट मात्रै १ लाख २४ हजार र कञ्चनपुरको गड्डाचौकी नाकाबाट ७५ हजारभन्दा बढी व्यक्ति नेपाल फर्केका थिए । नाकाको हेल्थ डेस्क र सुरक्षा निकाय सम्बद्ध स्रोतका अनुसार उनीहरूमध्ये अधिकांश सुदूरपश्चिमका छन् ।
सुदूरपश्चिममै पहिलो संक्रमित देखिएका युवा दुबईबाट चैत ८ गते धनगढी आएका थिए । उनी तीन दिन ९ जना परिवारसँगै घरमै बसेका थिए । संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका सदस्यहरूको बिहीबार सेती प्रादेशिक अस्पतालमा थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार भाउजूको बाहेक परिवारका अन्य सदस्यहरूको रिपोर्ट प्राप्त भइसकेको छैन । धनगढीमा ११० जनाको स्वाब पठाइएकोमा ६९ जनाको मात्रै रिपोर्ट आएको निर्देशनालयका हेमराज जोशीले बताए ।
जोशीका अनुसार घरमै पुगेर संक्रमण पहिचान भएकी महिलालाई एम्बुलेन्सले अस्पताल ल्याएको थियो । हाल उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमित ३४ वर्षीय युवाको सुरुदेखि नै सोही अस्पतालमै उपचार भइरहेको छ । दुबईमा काम गर्दै आएका ती युवा चैत ७ गते फ्लाइट इमरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए । दिल्लीबाट उनी त्यही दिन एयर बिस्ताराको उडानबाट दिउँसो २ बजे काठमाडौं आएका थिए । दोस्रो दिन दिउँसो १२ बजे बुद्ध एयरको उडानमा नेपालगन्ज आएका हुन् । नेपालगन्जबाट उनी महेन्द्रनगर जाने हाइसमा अत्तरिया झरेर घर आएका थिए । ‘घरमा बस्दा परिवारसहित थुप्रै नातेदार र आफन्तसँग उनले भेटघाट गरेका थिए,’ एक नातेदारले भने ।
चैत १४ गते उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि अस्पताल पुर्याउने नातेदार भाइसहित परिवारका ९ जना सबैलाई दोस्रो दिन जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा लिइएको थियो । परिवारका सबै सदस्य क्वारेन्टाइनमा गएपछि घरमा पशु चौपाया अलपत्र परेका थिए । पछि उनीहरूकै अनुरोधमा होम क्वारेन्टाइनमा बस्ने सर्तमा उनीहरूलाई चौथो दिन घर फर्काइएको थियो । घरमा बस्दा पनि उनीहरूमा कुनै लक्षण भने नदेखिएको परिवारका सदस्यहरूले बताएका छन् । ‘कुनै पनि लक्षण नदेखिएर पनि कोरोना संक्रमण भएको सुनेर हामी अचम्म परेका छौं,’ परिवारका सदस्यले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया